दफा ४५
बजेट र खर्च
(१) प्राधिकरणले यस ऐन बमोजिम कार्य संचालन गर्नको लागि प्रत्येक आर्थिक वर्ष आफ्नो बजेट तयार गर्न लगाई स्वीकृत गर्नु पर्नेछ ।
(२) प्राधिकरणका सबै खर्चहरू उपदफा (१) बमोजिम स्वीकृत बजेटको अधीनमा रही प्राधिकरणको कोषबाट व्यहोरिनेछ ।
(३) यस ऐन बमोजिम कार्य संचालन गर्नको लागि प्रत्येक वर्ष प्राधिकरणलाई दफा ४४ को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिम प्राप्त भएको रकम नपुग भएमा नपुग जति रकम प्राधिकरणले नेपाल सरकारसंग माग गर्न सक्नेछ र त्यसरी नेपाल सरकारले उपलब्ध गराएको रकम बढी भएमा बढी भएजति रकम प्राधिकरणले नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।